धनकुटा : नेपाली कांग्रेस धनकुटाको धनकुटा नगर र पाख्रिवास नगरमा आन्र्तरिक विशेष अभियान को पहिलो चरण कांग्रेसजनमा नयाँ उत्साहका जागृत गर्दै सम्पन्न भएको छ ।

धनकुटा र पाख्रिवास नगरको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि राजिव कोईरालाले आन्तरिक विशेष अभियानले सवै कांग्रेसजनलाई सक्रिय बनाउदै एकता कायम गरेको वताउनु भयो ।
यसैगरी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खानेपानी सिचाई तथा उर्जा मन्त्री प्रदिप सुनुवारले कोशी प्रदेशको अहिलेको सरकारले विश्वासको मत प्राप्त गर्ने र कम्तिमा दुई बर्ष सम्म टिक्ने वताउनु भयो ।

दुवै नगरको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, निर्वतमान सभापती तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष अमित लो तमाङ्गले आन्र्तरिक विशेष अभियानले नेपाली कांग्रेसलाई शहरदेखी गाउ गाउ सम्म सक्रिय बनाएको वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको धनकुटा नगरको कार्यक्रमा संविधान सभा सदस्य लिला सुब्बा, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, क्षेत्रिय सभापती तथा सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राईले नेपाली कांग्रेस धनकुटालाई यस अभियानले आन्तरीक रुपमा दर्हो र शक्तिशाली बनाउनु पर्ने वताउनु भयो भने कार्यक्रम संचालन जिल्ला सहसचिव राम वहादुर रायमाझीले गर्नु भएको थियो ।

यस्तै गरी नेपाली कांग्रेस पाख्रिवास नगर सभापति प्रेम भण्डारीको अध्यक्षमा संचालन भएको पाख्रिवास नगरको कार्यक्रममा जिल्ला सचिव जयन्द्र घिसिङ्गले अभियानको वारेमा प्रकाश पार्नु भएको थियो भने प्रदेश माननीय इन्दिरा थापा, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ्गले कांग्रेस अव नयाँ जागरणका साथ अगाडी बढ्ने वताउनु भयो ।

पाख्रिवास नगर कार्य समितिका उपसभापति चन्द्र वस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव विर वहादुर थापाले गर्नु भएको थियो ।
धनकुटा नगरका संयोजक विजय सन्तोषी राई र पाख्रिवास नगरका संयोजक जयन्द्र घिसिङ्गले दुवै पालिकाहरुका कांग्रेसजनहरुमा आन्तरिक विशेष अभियानले पार्टीमा पूर्ण एकता कायम गरी नया उत्साह र जोशका साथ उर्जा थपिएकोले नगर, वडा र टोल टोलमा नया सन्देश पुगेकोले अभियान प्रभावकारी रहेको वताउनु भयो ।

धनकुटा र पाख्रिवास नगरमा भएको छुट्टा छुट्टै कार्यक्रममा जिल्लाबाट वडामा खटिनुभएका वडा संयोजकहरु, पालिकाका पदाधिकार तथा सदस्यहरु, वडा सभापतीहरु लगायत सम्पूर्ण कांग्रेसजनहरुको सहभागी रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय