क्वालालम्पुर/मलेसिया – भिम लोहार
मलेसियामा रहेका प्रवासी नेपालीहरुले जोहोर राज्यमा नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका मलेशियाको जोहोर राज्यको एरेना मुत्यारा जोहोर ल्याण्ड खेल मैदानमा हुनेछ । स्टेडियमाइमा जोहोर कप फुटबल प्रतियोगिताको तयारी भैरहेको छ ।
नेपालीहरुको महान चाड दिपावलीको अवसर पारेर आयोजना हुन गईरहेको प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित मलेसियन रिंगेट २० हजार रिंगेट जित्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडी र अन्य लाई ३०० रिंगेट सहित सामान गरिने छ ।
प्रतियोगिताको नियम अनुसार खेलाडी १६ जना हुनुपर्ने अनिवार्य रूपमा बुट, जर्सीमा हुनु पर्ने, रेफ्रीको नियम पालना गर्नुपर्ने, खेलमा वादविवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने बताइएको छ । खेल ३०-३० मिनेट खेलाईने र खेल मैदान भित्र खेलको क्रममा खेलाडी लाई चाेटपटक लागेमा खेलाडी आफै जिम्मेवारी हुनु पर्ने समेत आयोजक समितिले स्पस्ट बनाएको छ ।
टिम दर्ता शुल्क भने मलेसियन रिंगेट २५०० सय तोकिएको छ भने सुरुवाती चरणमा १२५० रिंगेट सङ्कलन गरेर दर्ता गर्न पाउने सुविधा उपलब्ध गरिएको छ । जोहोर राज्य भन्दा बाहिर बाट आउने टोलीलाई जेबी लार्किन बस पार्कबाट खेल मेैदान सम्म यातायातकाे व्यवस्था समेत गरिएको छ ।