धनकुटा : भरखर नियुक्ति हुनु भएका प्रदेश मुख्य मन्त्री उद्धव थापा, मन्त्री प्रदिव सुनुवार र मुख्य सचिव दिपक काफ्लेलाई आज नेपाली कांग्रेस धनकुटाको जिल्ला सचिव सहतिको टोलीले बधाई ज्ञापन गर्दै धनकुटाको विकास र समृद्धीको लागी विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नु भएको छ ।
मुख्य मन्त्री उद्धव थापा र खानेपानी, सिचाई, उर्जा मन्त्री प्रदिव सुनुवार र मुख्य सचिव दिपक काफ्लेलाई विराटनगर स्थित उहाहरुकै कार्यकक्षमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महाधिवेशन प्रतिनिधि तथा नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु सहितको टोलीले खादा माला लगाई दिई बधाई दिदै धनकुटाको विकास र समृद्धीको लागी विशेष योजना र कार्यक्रम ल्याउन अनुरोध गर्नु भयो ।
धनकुटा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई एक सय बेडमा स्तरउन्नती गर्न, पर्यटन विकासका लागी मुलघाट बाट चुलिवन सम्म केवुल कार निर्माण, धनकुटाको चुलिवनमा सवैभन्दा ठूलो शिवको मूर्ती, हिलेको थामडाडामा सवैभन्दा ठूलो बुद्धको मूर्ती, धनकुटाको बेलहारा डाडामा सवैभन्दा ठूलो देवीको मूर्ती निर्माण गर्न लगायत धनकुटाको विकास र समृद्धीको लागी विशेष योजना र कार्यक्रम आवाश्यक रहेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।