धनकुटा : लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउँमा नि:शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उक्त निशुल्क आखा शिविरको उद्घाटन गर्दै मानिसको सवैभन्दा संवेदनशील र महत्वपूर्ण अंग आँखा भएकोले आँखालाई विशेष ध्यान दिनु पर्नेमा जोड दिदै आँखाको वारेमा जेसिज मार्फत जनचेतना जगाउन सके अझ प्रभावकारी हुनेमा जोड दिनु भयो  ।

धनकुटा लेडि जेसिजका अध्यक्ष मेनुका वस्नेतको अध्यक्षतमा संचालन भएको उक्त नि:शुल्क आँखा शिविरमा महासचिव मुना पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रमको महत्वको वारेमा पुर्व अध्यक्ष विसिका श्रेष्ठले वताउनु भएको थियो । उक्त कार्यक्रमा पूर्व अध्यक्ष विसिका श्रेष्ठ, उपाध्यक्ष शोभा श्रेष्ठ, सचिव शोभा राईको सहभागीता रहेको थियो ।

उक्त शिविरमा डा. राम प्रसाद आँखा अस्पतालका नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आँखा परिक्षण गरी उपचार गर्नु भएको र उहालाई सो अस्पतालका विक्रम मिश्रले सहयोग गर्नु भएको थियो ।

धनकुटा नगरपालिका वडा नं. ६ का जेसिज गाउको र पाल्ले खोला क्षेत्रका स्थानीय वासिन्दाहरुको आँखा जांच गरी उपचार गरिएको लेडि जेसिज धनकुटाका महासचिव मुना पोखरेले वताउनु भयो ।

लेडि जेसिज धनकुटाले धनकुटाको वडा नं. ६ को उक्त गाउँमा चार बर्ष अघि जेसिज गाउँको नामाकरण गरी प्रत्येक बर्ष उक्त जेसिज गाउँमा विभिन्न समाजिक क्रियाकलापहरु गर्दै आएको पूर्व अध्यक्ष विसिका श्रेष्ठले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय