
धनकुटा : धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वित्तीय संस्थाहरु र बैंकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै धनकुटाको हिलेमा आन्दोलनमा उत्रिएको छ ।
कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम आर्थिक मारमा परेकोले ऋणको किस्ता बुझाउन नसकेकोले ऋणको व्याज घटाउन र कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दे धनकुटा उद्योग बाणिज्य संघले सबै धनकुटाको हिले बजारमा रहेका वितिय संस्थाहरु र बैंकहरुमा गई ज्ञापनपत्र बुझाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष खगेन्द्र विष्ट, सचिव राम वहादुर रायमाझी, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा, निर्वतमान उपाध्यक्ष रुकमान तामाङ कार्यकारी सदस्यहरु दिजेश शाक्य, नगेन्द्र काफ्ले, यूवा व्यावसायी तथा वरिष्ठ समाजसेवीहरु अमित लो तामाङ, शान्ति खड्का, ईन्द्र तितुङ्ग लगायतका हिले बजारका व्यपारीहरु, कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायलीहरु हिले बजारमा वित्तीय संस्थाहरु र बैंकहरुमा गई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
हिले बजारमा रहेको ग्लोबल आई एम ई बैंक, राष्ट्रिय बाणिज्य बैक, माछापुच्छ्रे बैंक, सप्तकोशी बैंक, एन आई सि एसिया बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, नबिल बैंक हिले शाखा, जिवन विकास लघु वित्त हिले शाखा, निर्धन उत्थान लघुवित्त बितिय संस्था हिले, मेरो माईक्रो फाईनन्स लघु वित्त, स्वावलम्बलन वित्तिय सस्था हिले, डिप्रोक्स लघुबित्त हिले र नेरुडे लघुवित्त वितिय संस्था हिले शाखामा गई प्रवन्धकहरुलाई ज्ञापनपत्र धनकुटा उद्योग बाणिज्य संघले बुझाएको हो ।
बैंकको ऋणको किस्ता बुझाउन नसक्दा बैंकको दवाव सहन नसकेका कारण व्यावसायीहरु तनावमा परेको र कतिपय व्यावसायीहरुले त आत्मा हत्या समेत गरेकाले व्यवसायीहरुको लागी बैंक तथा वित्तिय संस्थाहरु बिरुद्ध आन्दोलन गर्न बाध्य भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
आन्दोलनको क्रममा माग पुरा नभए अव बैक तथा वितिय संस्थाहरुका कार्यालयहरुमा धर्ना जुलुस र ताला बन्दी समेत गर्ने धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।