धनकुटा : धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका वित्तीय संस्थाहरु र बैंकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया अबिलम्ब रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

कोरोनाको माहामारीबाट भरखर तङ्गरिन शुरु गर्न लागेको व्यापार व्यावसाय रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले पुन थलापरेको व्यापार व्यावसायले गर्दा चरम आर्थिक मन्दीका कारण ऋणको किस्ता व्यावसायीहरुले बुझाउन नसकेकोले ऋणको व्याज घटाउन र किस्ता बुझाउन नसकेका कारण कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया तत्काल बन्द गर्ने माग गर्दै धनकुटा उद्योग बाणिज्य संघले सबै धनकुटा बजारमा रहेका वितिय संस्थाहरु र बैंकहरुमा गई ज्ञापनपत्र बुझाएको हो ।

धनकुटाका बितिय संस्थाहरु बैंकहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, सचिव राम वहादुर रायमाझी, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, नगेन्द्र काफ्ले, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, कार्यालय सचिव मातृका राई लगायतका उद्योगी व्यापारी तथा व्यावसायले गई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

धनकुटा बजारमा रहेको राष्ट्रिय बाणिज्य बैंक धनकुटा शाखा, नेपाल बैक लिमिेटेड धनकुटा, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, सांग्रिला बैंक, सप्तकोशी बैंक, एन आई सि एसिया बैंक, सनसाईज बैंक, मुक्तिनाथ बिकास बैंक, गरिमा विकास बैंक, सिदार्थ बैंक, राष्ट्रिय सहकारी बैंक धनकुटा, जिवन विकास लघु वित्त धनकुटा शाखा, गुरास वितिय संस्थामा र नेपाल रास्ट्र बैंक र बैंक तथा वितिय संस्थाहरुको केन्द्रिय कार्यालयमा समेत शाखा मार्फत उक्त ज्ञापनपत्र धनकुटा उद्योग बाणिज्य संघले बुझाएको हो ।

कतिपय वितिय संस्थाहरु, बैंकहरुले व्यावसायीहरुले ऋणको किस्ता नबुझाएको भन्दै ऋण बुझाउन दवाव दिने र कालो सूचीमा राख्ने अनी लिलामी प्रक्रिया अगाडी बढाउने शूरु गरेका कारण व्यावसायीहरु तनावमा परेको र कतिपय व्यावसायीहरुले त आत्मा हत्या समेत गरेकाले व्यावसायीहरुको जिवन रक्षाका लागी बैंकहरुमा यस्ता कार्य नर्गन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

चरम आर्थिक संकटका कारण व्यावसाय अहिले ठप्प भएकोले ऋणको किस्ता बुझाउन नसकेकोले व्यावसायी पुन सुचारु हुन थालेपछी ऋणको किस्ता बुझाउने प्रतिवद्धता समेत व्यावसायीहरुले गरेका छन् ।

बैंक तथा वितिय संस्थाहरुले ऋणको व्याज नघटाए र कालो सूचीमा राख्ने अनी लिलाम गर्ने प्रक्रिया नरोकेमा व्यावसायीहरुले बैंक तथा वितिय संस्थाहरुमा बचत नगर्ने, बैंकहरुमा र वितिय संस्थाहरुका कार्यालयहरुमा गई धर्ना जुलुस गर्ने र अनी अन्तिममा ताला बन्दी समेत गर्न पछी नपर्ने समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय