काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धन जनता जागाउने नभएर सत्ता जोगाउने गठबन्धन भएको टिप्पणी गरेका छन् ।

आज (आईतबार) गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले ठूला दलहरुले सत्ता टिकाउनका लागि गठबन्धनभित्र पनि गठबन्धनको अभ्यास गरिरहेको टिप्पणी गरेका हुन् ।

उनले भने –  ‘राष्ट्रिय एकताको कुरा गरिरहेका छन् अहिले दलहरु, अहिले ठूला दलहरु गठबन्धनभित्र पनि गठबन्धन बनाइरहेका छन् । के को गठबन्धन बनाएको रहेछ भनेको सत्ता जोगाउनका लागि गठबन्धन । जनता जोगाउने गठबन्धन होइन, सत्ता जोगाउने गठबन्धन हो त्यो । यो पार्टीमा सहभागी हुन सबैका लागि ढोका खुल्ला छ । हाम्रो मनको ढोका पनि खुल्ला छ । तर, इमान बोकेर आउने साथीलाईमात्र खुल्ला हो । बेइमानी छातिमा बोकेर आउनेहरुका लागि पार्टीको ढोका खुल्ला होइन ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय