धनकुटा : धनकुटा उद्योग बाणिज्य संघले धनकुटाका व्यापारी तथा उद्योगीहरुलाई घर घरमानै गई नाप तौलको जाच गरी दर्ता तथा नविकरण गरिदिएकोमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगबाट डोरमुकामका लागी आई खटिएका टोली प्रमुख मनिषा राई लगायतका कर्मचारीहरुलाई सम्मान गर्दै बिदाई गरेको छ ।

धनकुटा बजार, हिले बजार, सिधुवा बजार र पाख्रिवास बजारका उद्योगी तथा व्यापारीहरुलाई सेवा प्रदान गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा चार दिन डोर मुकाम कार्यक्रम संचालन गरी नाप तौलको जाच गरी नाप तौलको दर्ता तथा नविकरण गरिएको थियो ।

गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरबाट धनकुटा जिल्लाका लागी खटिएर आउनु भएको टोली प्रमुख नाप तौल निरिक्षक मनिषा राई, सायक निरिक्षक शुसिला तामांग, सिनियर मिस्त्रि अभिनन्दन पण्डित र कार्यालय सहयोगी जितेन्द्र चौधरीलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कार्यकारी सदस्य अम्विका धमला, कार्यालय सचिव मातृका राई लगायतले खदा माला लगाएर मायाको चिनो समेत प्रदान गरी सम्मान गर्दै धन्यवाद दिदै बिदाई गर्नु भएको थियो ।

धनकुटा बजारमा संचालन गरेको नाप तौल जाच गरी दर्ता तथा नविकरण गर्ने कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, उपाध्यक्ष निर्मला राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ कार्यकारी सदस्यहरु अम्विका धमला, रिदम श्रेष्ठ, उज्वल श्रेष्ठ, शोभा श्रेष्ठ, लिला श्रेष्ठ, रेजिना पलिखे, सुनिता थापा, रेवती श्रेष्ठले सहजीकरण तथा सहयोग गर्नु भएको थियो । यसैगरी पाख्रिवासमा आयोजना गरिएको कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य देव विश्वकर्मा, पाख्रिवास शाखाका अध्यक्ष केशव राईले सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै गरी धनकुटाको हिले बजारमा भएको कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा, उपाध्यक्ष खगेन्द्र विष्ट, सचिव राम वहादुर रायमाझी, पूर्व उपाध्यक्ष रुकमान तामाङ, कार्यकारी सदस्यहरु दिजेश शाक्य, नगेन्द्र काफ्ले, राम घिसिङ तामाङले सहजीकरण तथा सहयोग गर्नु भएको थियो ।

धनकुटाको सिधुवा बजारमा गरिएको नाप तौल दर्ता तथा नविकरण कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नविन श्रेष्ठ, महेन्द्र थापा, सिधुवा शाखाका अध्यक्ष शिव श्रेष्ठले सहजीकरण गरी सहयोग गर्नु भएको थियो ।

धनकुटा बजार, पाख्रिवास, हिले र सिधुवा भएको कार्यक्रममा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरकानाप तौल निरिक्षक मनिषा राई, सायक निरिक्षक शुसिला तामाङ, सिनियर मिस्त्रि अभिनन्दन पण्डित र कार्यालय सहयोगी जितेन्द्र चौधरीले नाप तौलको जाच गरी दर्ता तथा नविकरण गर्नु भएको थियो भने धनकुटा उद्योग बाणिज्य संघका कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतका कर्मचारीहरुले समेत सहयोग गर्नु भएको थियो ।

उक्त टोलीले धनकुटा बजार, पाख्रिवास, हिले र सिधुवागरी ३ सय ५६ जना व्यापारी तथा उद्योगीहरुको नाप तौलको जाच गरी दर्ता तथा नविकरण गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय