धनकुटा : धनकुटाका उद्यमी तथा व्यापारीहरुलाई घर घरमानै सेवा प्रवाह गर्ने उदेश्यले गुणस्तर तथा नाप चौल् कार्यालय विराटनगरको प्राविधिक सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा धनकुटाको हिले बजार, सिधुवा बजार र पाख्रिवासमा संचालन गरेको दुई दिने नाप तौल दर्ता र नविकरण डोरमुकाम कार्यक्रम आज सम्पन्न भयो ।
हिलेमा आयोजना गरिएको डोर मुकाम कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा, वरिष्ठ उपाध्यक्ष तारा तितुग, उपाध्यक्ष खगेन्द्र विष्ट, पूर्व उपाध्यक्ष रुकमान तामाग, सचिव राम वहादुर रायमाझी, कोषाध्यक्ष शपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु दिजेश शाक्य, अम्बिका धमला, नरेन्द्र काफेले, कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतले सहजीकरण गर्नु भएको थियो ।
धनकुटाको हिले बजार, सिधुवा बजा र पाख्रिवासमा गरी दुई दिन सम्म संचालन गरिएको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका नाप तोल निरिक्षक मनिषा राई, सायक निरिक्षक शुसिला तामाङ, सिनियर मिस्त्रि अभिनन्दन पण्डित र कार्यालय सहयोगी जितेन्द्र चौधरीले जम्मा १ सय ५४ जना उद्योगी व्यापारी तथा व्यावसायीहरुको नाप तौलको जाच, दर्ता तथा नविकरण गर्नु भएको थियो ।
धनकुटाको सिधुवाबजारमा आयोजना गरेको नाप तौल जाच गरी दर्ता तथा नविकरण गर्ने कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, सचिव राम वहादुर रायमाझी, कोषाध्यष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, वरिष्ठ उद्यमी मगेन्द्र गुरुङ लगायतले सहजीकरण गर्नु भएको थियो ।
यसैगरी पाख्रिवासमा आयोजना गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कोषाध्यष रुपेश श्रेष्ठ, पाख्रिवास शाखाका अध्यक्ष केशव राई, कर्मचारीहरु मातृका राई, नवराज श्रेष्ठ, रिया भूजेल लगायतले सहजीकरण गर्नु भएको थियो ।
धनकुटाका उद्यामी व्यापारी तथा व्यावसायीहरुले विराटनगरको गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरमा नाप तौलका समाग्रीहरु लिएर जाच गरी नाप तौलको दर्ता तथा नविकरण गर्नु पर्ने भएकोले धनकुटा उद्योग बाणिज्य संघको सहयोग तथा समन्वयमा धनकुटा बजार, हिले बजार, सिधुवा बजार र पाख्रिवास बजारमा नाप तौलको डोर कुमाम संचालन गरी घर घरमानै पुगरे सेवा प्रवाह गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।