– महेश दाहाल
दोहा : नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा कतारको प्रसिद्ध रिजेन्सी हलमा तेस्रो डम्फु साँझ २०२३ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित हुने भएको छ ।

जुन ९ तारिकका दिन दोहाको रोयल नेपाली रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक तामाङ समाजले आधिकारिक रुपमा सन २०२३ जुन २३ तारिक शुक्रबारको दिन तेस्रो डम्फु साँझ २०२३ कार्यक्रम हुने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुवास तामाङले डम्फु साँझ कतारमा रहेका तामाङहरुको मात्र नभएर सिङ्गो नेपाली समुदायको कार्यक्रम भएकोले कार्यक्रम हेर्नको लागि कतारमा विभिन्न पेशा ब्याबसायमा आवद्ध भएर रहेका नेपालीहरुलाई चुल्हे निम्तो दिएका छन् ।

कार्यक्रमलाई भब्य बनाउन नेपालबाट राष्ट्रिय कलाकारहरु पनि आउने टुङ्गो लागेको आयोजकले स्पष्ट पारेको छ कार्यक्रममा प्रस्तुती दिन चर्चित गायक उर्गेन दोङको साथमा सेलो गायक बैरागी मोक्तान र मेहन्दोमाया गायिका सबिना तामाङ कतार आउने भएका छन् ।

तामाङ समाज कतार कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अत्यान्तै लोकप्रिय संस्था हो सस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा कतारमा रहेका नेपालिहरुको भब्य सहभागिता हुने गरेको छ यसपाली अझै बृहत ढङ्गले सम्पन्न गर्नेगरी तयारी भैरहेको डम्फु साँझ कार्यक्रममा नेपालीहरुको उच्च सहभागिता हुने आयोजकको अनुमान छ त्यसैले कतारमा बढ्दो गर्मी र कार्यक्रममा सहभागीहरुको सुबिधालाइ ध्यानमा राखी आयोजकले कतारको उत्कृष्ट कार्यक्रम स्थल डि-रिङरोडमा अवस्थित रिजेन्सी हल रोजेको आयोजकले जानकारी गराएको छ ।

तेस्रो डम्फु साँझ २०२३ नाफामुखी नभएर सेवामुखी भएको पनि आयोजकले स्पष्ट पारेको छ । कार्यक्रममा सहभागिहरुले खरिद गरेको टिकटबाट संकलीत रकम सस्थाको मातहतमा सन्  २०१२ मा स्थापना भएको शैक्षिक विकास कोष मार्फत नेपालको बिभिन्न ठाउमा अनाथ बालबालिकाहरुको शिक्षामा खर्च गरिने तथा कोषको प्रबर्द्धन गर्ने लक्ष्य रहेको छ । साथै तामाङ जातिको मौलिक बाजा डम्फु र नेपाली कला सस्कृतिको प्रबर्द्धन गर्नु पनि कार्यक्रमको मुख्य उदेश्य रहेको समाजका अध्यक्ष सुवास तामाङले स्पष्ट पारेका छन् । कार्यक्रममा विभिन्न नेपाली पुस्तकहरुको स्टल पनि राखिने भएको छ लामो समय देखि नेपाल जान नपाएका तथा नेपाली भाषा साहित्यमा रुचि भएका सहभागिहरुले आफुले चाहेको पुस्तकहरु स्टलबाट लिनसक्ने छन् ।

कार्यक्रममा नेपाल देखि आएका चर्चित गायकहरुको साथमा आयोजक सस्थामा आवद्ध स्थानिय कलाकारहरुको पनि भब्य प्रस्तुती रहने गरि तयारी भैरहेको आयोजकले जानकारी गराएको छ । तामाङ समाजका स्थानिय कलाकारहरुले फिफा विश्वकपको समयमा नेपाली समुदायको तर्फबाट फ्यानजोनमा पनि प्रस्तुति दिएका थिए । कार्यक्रमको टिकट कतारमा स्थापित सबै नेपाली रेष्टुरेन्टहरुमा उपलब्ध रहेको छ साथै कार्यक्रमको दिन कार्यक्रमस्थलमा पनि उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय