धनकुटा : धनकुटा नगरपालिका वडा नं. ७ का समाज सेवी तथा धनकुटा कांग्रेसका अभिभावक पर्शुराम संजेलको हालै निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज श्रद्धाञ्जली कार्यक्रमको अयोजना गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिवहरु विजय सन्तोषी राई, विकास घिमिरे, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, धनकुटाका नगरपालिाका कार्यपालिका सदस्य दिल कुमार राई, नेपाली कांग्रेस धनकुटाका कार्यालय सचिव भरत श्रेष्ठ, क्षेत्रिय प्रतिनिधि घनश्याम चापागाई लगायतले नेपाली कांग्रेस धनकुटाका अभिभावक तथा समाजसेवी पर्शुराम संजेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।
स्वर्गीय पर्शुराम सञ्जेलको निधनले नेपाली कांग्रेस धनकुटाले एक संचा अभिभावक गुमाएको र पार्टीलाई अतुलनीय क्षती पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
७१ बर्षको उमेरमा उपचारको क्रममा हलौ निधन हुनु भएका स्वर्गीय सञ्जेलको छोरा वुहारीहरु शालिकराम, सरिता सञ्जेल, दुर्गा, प्रतिक्षा सञ्जेल, छोरी ज्वाईहरु मिना कुमारी र घनश्याम चपागाई, संगीता र लेखनाथ लूईटेल,अञ्जु र श्याम ढकाल र कान्छी छोरी मन्जु संजेल लगायत नाती नातिनिहरु हुनुहुन्छ ।