काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताएका छन् ।

उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत संगीतको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै यस पटक पनि ज्यापू महागुठीले उठाएको माग सम्बोधन गर्ने विश्वास दिलाए ।

अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर ज्यापू महागुठी र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नेपाल अकेष्ट्रा–११४३ को उद्घाटन गर्दै प्रधानमन्त्रीले हरेक जसो कार्यक्रममा भाषणले नै प्रमुखता पाउने भएकाले कार्यक्रमको महत्त्व नै घट्ने गरेकातर्फ सबैको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले अर्केष्ट्राले संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गर्नेमा आफूले विश्वास लिएको तथा संस्कृति संरक्षणका लागि ज्यापू गुठीलगायत यस क्षेत्रमा लागेका सबैलाई सरकारले सहयोग गर्ने बताए । आर्केष्ट्रामा चार सय कलाकारले एकैपटक विभिन्न बाजा बजाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय