काठमाडौं : जण्डिसबाट पीडित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वस्थ्य भएका छन् । लामो समयदेखि चीनमा रहेर उपचार गरिरहेका पनुको स्वास्थ्यमा सुधार आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पुन स्वस्थ्य भएसँगै नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ ।लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचाररत छन् ।

गत ४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय