– सरिता बराइली
धनकुटा : नेपाली कांग्रेसकाे आफ्नै इतिहास भएकोले जनतासंग जाेडिए कसैसंगकाे भाेटसाटासाट गर्नुनपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । उहाँले अब ८४ सालकाे अामनिर्वाचनमा कुनै पनि दलसंग गठबन्धन नहुने बताउदै याे विषय पार्टीले नीति महाधिवेशन प्रष्ट पार्ने समेत बताउनु भयाे
बिहीबार नेपाली कांग्रेस धनकुटाले आयाेजना गरेको सम्मेलनमा बाेल्दै अब दलदलमा कांग्रेस नफस्ने कांग्रेसलाई याे दलदलबाट निकाल्न कांग्रेस लाग्नुपर्ने बताउनु भयाे । नयाँलाई ठाउँ दिदै कांग्रेसलाई विचार सहितको पार्टी निर्माण गर्ने,दाजु भाइबाट नचलाउने टिकट माग्न दाजुका जाने परिस्थितिकाे अन्त्य गर्ने’नयाँ भन्नाले अरु नभएर पार्टीभित्रकै नेतृत्वलाई पुस्तान्तरण गर्ने भन्नु भयाे ।
थापाले भन्नु भयाे ‘विगतमा जे भयो, भयो । योभन्दा अगाडि अब उपरान्त एमाले, माओवादी, समाजवादी रास्वपा कोही पनि दुस्मन होइनन्, हाम्रा सहयात्री हुन् । बरू गरिबी, रोग र भोक हाम्रा मुख्य समस्या हुन्,’ महामन्त्री थापाले अघि भने, ‘अबका चुनावमा अरू सबैले गठबन्धन किन नगरून्, हामी निर्वाचनमा जाँदा कोहीसँग पनि गठबन्धन गर्दैनौं, जनताको छनोटको अधिकारलाई सुनिश्चत गर्छौं, आगामी भदौमा पार्टीको नीति महाधिवेशन हुँदैछ, यो महाधिवेशनबाट हामीले यो एजेन्डालाई पास गरेर अगाडि बढ्नुपर्छ ।’
उनले सत्ताका लागि विचार, नीति र सिद्धान्त छोडेर सबै दलहरू एकै ठाउँमा आउँछन् भन्ने जनताको बुझाईलाई चिर्नुपर्ने बताए । उनले कांग्रेस सत्ताका लागि सबै कुरा छोड्छ भन्ने बुझाइकै कारणले जनताले कांग्रेसप्रति भरोसा राख्न छोडेको बताए ।
‘चुनाव हार्नुपरे हारियोस्, सरकार ढले ढलोस्, सत्ताबाहिर बस्नुपरे परोस् । तर हामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्दैनौं भनेर कठोर भएर अघि जान सक्नुपर्छ, कांग्रेस र देशलाई यो दलदलबाट बाहिर ल्याउन सक्नुपर्छ,’ उहाँले भन्नु भयाे ।
उनले ७० वर्षअगाडि नै समाज परिवर्तनका लागि महिला, दलित र सीमान्तकृत समुदायको मुद्दामा नेतृत्व गरेको कांग्रेसले अब ती मुद्दालाई बिर्सिएका कारण कमजोर बन्न थालेको बताउनु भयाे ।
महामन्त्री थापाले अहिले स्थानीय तहदेखि केन्द्रसम्मका सरकारमा कांग्रेस रहेको भन्दै समाज परिवर्तनका सबै मुद्दा र समुन्नत नेपाल निर्माणको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउनु भयाे ।