
धनकुटा : नेपाली कांग्रेस धनकुटाका यूवा नेता तथा सहिदभूमी गाउपालिका नोल तरुण दलका अध्यक्ष साजन राई, तरुण दलका सदस्य विज्ञान राईको बुबा होम वहादुर राईको निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले आज चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु तोर्ण खड्का, यज्ञ राई, योगेन्द्र राई, यूवा नेता अशोक राई, रुद्र राई, सहिदभूमी गाउपालिका नेपाली कांग्रेसका सभापति टंक राई लगायतले स्वर्गीय होम वहादुर राईको पार्थिव शरिरमा पार्टीको चार तारे झण्डा ओढाएर सम्मान गर्नु गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरी अन्त्यष्टि गरिएको नेपाली कांग्रेस वडा नं. ६ का यूवा नेता प्रदिव राईले वताउनु भयो ।
सो अवसरमा सहिदभूमी गाउपालिका वडा नं. ६ का नेपाली कांग्रेसका सभापति विकास राई, वडा नं. ४ का सभापति सन्तोष राई, वडा नं. ६ का नेताहरु मान वहादुर राई, कमल परियार, चन्द्रमान राई, सुनिल राई तोर्ण परियार लगायतले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । स्वर्गीय राईको सहिदभूमी गाउपालिका वडा नं. ६ को थलथले बजार नजिकको जंगलमा अन्त्यष्टि गरिएको थियो ।
स्वर्गीय होम वहादुर राईको एक श्रमती समिता राई, छोरा यूवा नेताहरु साजन राई, विज्ञान राई र छोरी अस्मिता राई हुनुहुन्छ । धनकुटा जिल्ला सहिदभूमी गाउपालिका वडा नंं ६ निवासी होम वहादुर राईको सुगुर लगायत पेट सम्वन्धि रोगको उपचारको क्रममा ५२ बर्षको उमेरमा निधन भएको हो ।