काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भइसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै विरोध भइरहेको छ ।

संसदको दुबै सदनबाट २० भदै २०७९ मा पारित गरेर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीसामक्ष प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक पमाणीकरण नगर्दा निष्क्रिय भएको थियो ।

राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने विधेयक होल्ड गरेर राख्दा निष्क्रिय भएको नागरिकता विधेयक मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरिदिएपछि यो विषयमा सर्वोच्चो अदालतमा रिट परेको छ ।

विधेयक निष्क्रिय हुने हो वा होइन भन्ने विषय वहसको विषय बनिरहेका बेला नागरिकता विधेयक राजपत्रमा समेत प्रकाशित भइसकेको छ । राजधानी दैनिकबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय