काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन् ।

पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् ।

उनले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आफूले भ्रष्टाचार गरेको प्रमाणित भए एक मिनेटपनि मन्त्री पदमा नबस्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय