काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले साथ दिएको बताएका छन्। गत शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको मंगलबार राष्ट्रियसभामा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
‘सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म। यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन’, उनले भने, ‘९९.२५ प्रतिशत सांसदले समर्थन गरेको प्रधानमन्त्री भएको हुँ। त्यही प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछु।’ उनले पुस १० मा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैको साथ पाएको बताउँदै उनले इतिहासमा यस्तो प्रधानमन्त्री इतिसहामा फेरि नभेटिने पनि उनले दाबी गरे।