डम्बरबहादुर विश्वकर्मा, ईलाम- हालको अवस्थामा आफ्नै सन्तानले पितामाता समेत विर्सीरहँदा गजमेर बन्धु प्रतिष्ठान नेपालले आफ्ना कैयौं पुस्ता अघिका स्वर्गवासी पितृहरुको सम्झना तथा सम्मान स्वरुप पितृहरुको प्रतिमाको एक अौपचारिक कार्यक्रमको आयोजना गरी अनावरण गरेकोछ ।
No description available.
ईलामको तत्कालिन फुयत्पा गाउँपञ्चायत ७ हाल फाकफोकथुम ४ बरवोटेमा बसोवास गरी हाल पुर्वका कैयौं जिल्लामा बसीरहेका गजमेरहरुका पुर्वज महाविर गजमेर र मनु गजमेरको प्रतिमा अनावरण गरिएको हो । पश्चिम काभ्रेपलान्चोक तिर बाट आई पाँचथर तिर बसोबास गरिरहेका गजमेरहरुका सन्तान मध्ये विक्रम संवत १८८२ मा जन्मिएका महाविर गजमेर र १८८६ मा जन्मिएकी मनु गजमेरले वि.सं. १९१५/२०( अन्दाजी समय ) मा ईलाम तिर पारिवारिक बसाईं सर्ने क्रममा आफ्नो घर निर्माण नगरुञ्जेल बसेको उक्त गुफामा नै निर्माण गरिएको उनिहरुको प्रतिमा यहि बैशाख तिन गते आईतवार अनावरण गरिएकोहो ।
No description available.
उक्त प्रतिमा महावीर-मनुका तिनभाइ छोराहरु अजपे, अभिदल र बलभद्र गजमेर मध्ये बलभद्रका नाति मानविरका छोरा हाल उर्लाबारीका प्रतिष्ठित उद्योगी (गजमेर काष्ठ फर्निचर उद्योगका मालिक) श्रीकुमार गजमेरको परिकल्पनामा झण्डै १८५,०००  लागतमा निर्माण गरिएको हो । प्रतिमाको गजमेर बन्धु प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष एवं कोशि प्रदेश सभासद माननिय गोपाल गजमेर र प्रतिष्ठानका अध्यक्ष शेरबहादुर गजमेरले प्रतिमालाई ढाकिएको रातो तुल हटाउँदै मैनबत्ति प्रज्वलन गरी संयुक्तरूपमा अनावरण गरेका हुन् ।
No description available.
उक्त अवसरमा प्रतिमा निर्माणकार्यमा विशेष योगदान पुर्याउने परिकल्पनाकार श्रीकुमार गजमेर साथै अन्य सहयोगी व्यक्ति तथा संस्थालाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो । यसै क्रममा महावीर-मनुका सन्तान मध्ये जिवित जेष्ठ सन्तान ९६ वर्षिय मानवीर गजमेर (श्रीकुमारका पिता) लाई दोसल्ला ओडाई विशेष सम्मान गरिएको थियो । हाल मानवीर गजमेर दुवै आँखा नदेख्ने अवस्थामा माहावीरले गुफाबाट निस्किएर घर निर्माण गरी वसेकै स्थानमा नै आफुले निर्मण गरेकै घरमा बसीरहनु भएको छ । उहाँका आठ छोरा एक छोरी मध्ये हाल मानविर सँग जेठा र कान्छा छोरा मात्रै बसीरहेकाछन् ।

अन्य छोराहरु भने मोरङ्गको पथरी , उर्लाबारी , झापाको केरखा , धरमपुर र ईलामका महमाई आदि स्थानमा बस्दै आएका छन् भने पितृ महाविर-मनुका अन्य सन्तानहरु भने पुर्वका ईलाम, झापा, पाँचथर, ताप्लेजुङ् लगाएतका स्थानहरुमा बसोबास गरीरहेको वताईएको छ ।
अनावरण कार्यक्रममा स्थानिय स्तरमा रहेका गजमेरहरुका सन्तान , कुलकुटुम्ब , नरनाता , गजमेर बन्धु प्रतिष्ठानका पदाधिकारीहरु क्रमश: उपाध्यक्ष द्वय यामबहादु , राजकुमार गजमेर , सह- कोषाध्यक्ष अभिशेक गजमेर, सचिव गंगा गजमेर लगायत स्थानिय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नेक्रममा स्थानिय जनप्रतिनिधि तथा प्रदेश सभासदहरुले प्रतिष्ठानले थालेको कार्यमा प्रक्रियागत रुपमा आए आफुहरुले सक्दो सहयोग गर्न लागिपर्ने वताएकाछन् ।सोहि अवसरमा वीरबहादुर गजमेको अध्यक्षतामा नौ सदसिय ईलाम जील्ला गजमेर बन्धु प्रतिष्ठान कमिटी समेत निर्माण गरिएको छ ।

उक्त कार्यक्रम प्रतिमाको परिकल्पनाकार श्रीकुमार गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि प्रदेश माननिय गोपाल गजमेर हुनुहुन्थ्यो । विशिष्ट अतिथि प्रतिष्ठान अध्यक्ष शेरबहादुर , उपाध्यक्ष राजकुमार र यामबहादुर गजमेर रहनुभएको थियो भने कार्यक्रमको संचालन प्रतिष्ठान सचिव गंगागजमेरले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय