काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी नामकरणबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टी पहिचानको पक्षमा रहेको जानकारी दिए ।
कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एक जना सभामुख भएकाले बाँकी १४ जनाले कोशीको पक्षमा मतदान गरेका थिए ।